सोमवार, 24 जनवरी 2011

please visit: devbahadurdongol.blogspot.com

धेरै सस्तोमा जलविद्युत
(ज्येष्ठ २३, २०६६, गोरखापत्र) देव बहादुर डंगोल, पिएच. डी.

पारिचय
सय वर्ष भन्दा पहिले देखि पानीको सहायतावाट हामीले जलविद्युत उत्पादन गर्दै आएका छौँ । आवश्यकता अनुसार उचित उचाईवाट पानीलाई खसालेर टर्वाईन घुमाईन्छ, जस्ले विद्युत क्रियाशिल वा प्रवाह गराउने जेनेरेटरलाई घुमाउँछ । पानी खसाल्नललाई प्राप्त शक्ति वस्तवमा पृथ्विको भू-आकर्षण वल हो । जुन सुकै वल प्रयोग गरे पनि विद्युत उत्पादन गर्न ट।र्बाईन घुमाउन आवश्यक पर्छ । आवश्यकता हनुसार पानी छिरेर जान सक्ने गरी टर्वाईन वनाईएको हुन्छ । भू-आकर्षण वललाई उपयोगमा ल्याउनको लागि उचित उचाईवाट पानीलाई वग्न दिने एउटा उपयुक्त संरचना हो । हाल प्रचलित पानी प्रवाह गर्ने तरिकामा पानीको द्रब्य गुण र भू-आकर्षण वलका विशेषताहरुमा पूर्ण ध्यान पु-याईएको छैन । ती दुई पछ्यका सर्वमान्य सिद्धान्तहरुमा ध्यान पु-याईएको भए धेरै टर्वाईनहरु घुमाउन पानीको प्रवाह गर्ने तरिकामा फरक हुने थियो, एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानीले नै धेरै टर्वाईनहरु घुमाउन सकिन्थ्यो, पानीको धेरै कम मात्राको मात्र प्रयोग हुन्थ्यो । र, सो पानी खान वा सिचाईं अथवा अन्य कामको लागि पनि उपलब्ध गराउन सकिन्थ्यो । हालको प्रचलित तरिका अनुसार हरेक एउटा टर्वाईनलाई छुट्टा छुट्टै पाईप मार्फत पानी पु-याईन्छ । अत: धेरै टर्वाईनहरु घुमाउन धेरै पानीको आवश्यकता हुन्छ । यसरी पानी प्रवाह गर्दा जति जस्तो पानी टर्वाईन भित्र पसेको उस्तै वाहिर निस्कन्छ । भू-आकर्षण वलमा पनी केही कमि हुँदैन । पानीको गतिमा पनि फरक पर्दैन । जति मात्रा भित्र पसेको हो त्यति मात्रा नै पानी वाहिर निस्कन्छ । पानी वगेको पाईप भरी नै पानीको चाप पनि एकनासै हुन्छ । निरन्तर भू-आकर्षण वलको कारणले माथि स्थित पानी मात्र तल खस्छ । धेरै टर्वाईनहरुलाई पानी प्रवाह गर्ने प्रणालिमा ल्याउन सकिने परिवर्तन: पानीको द्रब्य गुणहरु र भू-आकर्षण वलका विशेषताहरुको आधारमा एक भन्दा बढी टर्वाईनहरुलाई एउटा टर्वाईन घुमाउनलाई मात्र पुग्ने पानी प्रवाह गरी सोहि एउटै पाइपमा एक पछि अर्को टर्वाईनहरु क्रमश: जडान गरी सवै टर्वाईनहरुलाई पूर्ण रुपमा संचालन गर्न सकिन्छ । सो अनुसार पानी प्रवाह गर्दा टर्वाईनको कार्य छ्यमतामा केहि पनि कमि हुँदैन । ती दुवै वैग्यानिक पछ्यहरुको प्रमाणित सिद्धान्तहरुले पनि सो कुराको पुष्टि गर्दछ । मुख्यत: ती दुई वैग्यानिक पछयहरुलाई ध्यानमा राखेर नै टर्वाईन घुमाउन पानी प्रवाह गरिएको हुन्छ । एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानी एउटा पाईपवाट मात्र प्रवाह गरी एक भन्दा धेरै टर्वाईनहरु संचालन गर्दा लागत धेरै कम हुन्छ । जलविद्युत आयोजनामा पानी प्रवाह गर्न प्रयोगमा आउने एउटा मात्र शक्ति भू-आकर्षण वलबाट मात्र प्राप्त हुन्छ । जल विद्युतवाट प्राप्त विद्युतवास्तवमा भू-आकर्षण वल हो । अत: जल विद्युत भन्नु भन्दा भू-विद्युत भन्नु उचित हुने छ । भू-आकर्षण वल भनेको अथाह, कहिल्यै नसकिने, कुनै उपायले वाधा पु-याउन वा छेक्न सकिँदैन, जति उपयोग गरे पनि कम नहुने र कुनै पनि ठाउँको हरेक विन्दुमा जहिले पनि निरन्तर प्राप्त भै नै रहन्छ, हटाउन पनि सकिँदैन । हवाको वल, चुम्बकिय वल, वा प्रकाशको वललाई छेक्न सकिन्छ तर भू-आकर्षण वललाई छेक्न सकिँदैन । कुनै पनि पदार्थको पिण्ड रहे सम्म सो वल रहि रहन्छ । पिण्डको स्वभाविक प्राकृतिक गुण हो । अत: पानी निरन्तर प्रवाह भै रहेको एउटै पाईपमा एक पछि अर्को धेरै टर्वाईनहरु क्रमिक रुपमा जडान गरेर गुणात्मक धेरै गुणा वढी विद्युत प्राप्त गर्न सकिन्छ । एकनासले निरन्तर पानी वगिरहेको एकनासे पाइपमा एउटा वा धेरै वा शुन्य टर्वाईन घुमाए पनि पानीको प्रवाह वा कार्य छ्यमतामा केहि पनि फरक पर्दैन । यस्तो हुनाको कारण माथि उल्लेख गरे अनुसार भू-आकर्षण वलको विशिषताहरुले गर्दा हो । केही थप वैग्यानिक ब्याख्या: प्रबाह भै रहेको वेला पाईप भित्रको पानीको पूर्ण स्तम्भ भरी नै चाप एक नास नै रहन्छ । द्रब्य गुण अनुसार पानीमा लगाईएको वल सबै दिशातिर बराबर फैलन्छ । तर यहाँ पानी प्रवाह भएको दिशा वा तल तिर मात्र पानीको चापले काम गरी रहेको हुन्छ । वगिरहेको पानीको धारको कुनै पनि निश्चित ठाउँमा वा बिन्दुमा दुई प्रकारको वलले असर वा काम गरिरहेको हुन्छ । निर्धारित कुनै पनि विन्दुको माथितिरको पानीको स्तम्भले तलतिर धकेलि रहेको हुन्छ भने त्यस विन्दुको तल तिरको पानीको स्तम्भले तलतिर नै तानि रहेको हुन्छ । क्रमश: अंग्रजीमा पुशिँग र पुलिँग फोर्ष भनिन्छ । दुवै वल यहाँ तलतिर वा पानी वगेको दिशातिर मात्र कार्यरत हुन्छ । अत: पाईपको पानीको पूर्ण स्तम्भ भरीनै चाप एकनास नै रहन्छ । नवगेको पानीको स्तम्भमा यसो हुँदैन, ऊचाई अनुसार चाप हुन्छ । अत: पानी प्रवाह भै रहेको एउटै पाईपमा क्रमिक रुपमा जडान गरिएका टर्वाईनहरु जब पूर्ण रुपमा घुम्न थाल्छ पाईपमा भरिएको पानीको पूर्ण स्तम्भ भरि पानीको चाप पनि एक नास नै कायम रहन्छ । यसो हुनाको कारण भू-आकर्षण वलको विशेषता नै हो । अत: वगिरहेको पानीको स्तम्भको धारमा टर्वाईन हुँदा वा नहुँदाको अवस्थामा पानीको चापमा केहि पनि फरक हुँदैन । पानीको उचाई, पाईपको उचाई, टर्वाईन भित्र पानी पस्ने र वाहिर आउने मात्रा, पानीको गति, भू-आकर्षण वल सबै पक्छ्यहरु उस्ताको उस्तै कायम रहन्छ । अन्य फाईदाहरु: यस प्रकार टर्वाईनहरु एउटै पाईपमा क्रमिक रुपले पानीको प्रवाहमा जोडदै जाँदा आवश्यक परेको ठाउँमा पानी पनि पु-याउन सकिन्छ । वढी उचाई भएको कुनै पनि ठाउँवाट कम उचाई भएको कुनै पनि ठाउँमा जताततै पाईप मार्फत पानी पु-याउन सकिन्छ । खानको लागि र सिचाईँको लागि पनि पानी प्राप्त हुने भयो । हरियालि वढे पछि र वर्षाद नियमित भए पछि पृथ्वीमा गर्मि नवढ्ने भयो । जलविद्युत नै असिमित प्राप्त हुने भए पछि अन्य ईन्धन वाल्न आवश्यक परेन र चाहिए भन्दा धेरै कारबोन डाईअक्साईड पनि कटौती हुने भयो । विजुलि सस्तोमा प्राप्त भए पछि खाना पकाउन ग्यास र मट्टितेलको खपत समेत धेरै मात्रामा घट्ने छ । निरन्तर रुपमा पानी प्राप्त भै रहेमा मरुभूमिमा समेत हरियालि आउने छ, सुख्खा कतै पनि हुने छैन । बिशेष: एउटै जलविद्दयुत गृहमा धेरै टर्वाईनहरु जडान भै सकेको भए पनि तिनीहरुलाई क्रमिकरुपमा पानी प्रवाह गर्ने गरी जडान मिलाउन सकिन्छ । यसरी परिवर्तन गरिएमा एउटै टर्वाईन चलाउन पुग्ने पानीको मात्राले धेरै टर्वाईनहरु चलाउन सकिन्छ । पानी छैन भनेर विद्दयुत कटौती गर्न परेन, संसारमा विद्युतको संकट कहिल्यै हुने छैन ।

जल विद्युत उत्पादन गर्न सकिने अर्को उपाय:

हवाको शक्तिलाई उपयोग गरेर पनि विजुलि उत्पादन गरिन्छ । हाम्रो लागि यो प्रविधि धेरै खर्चिलो हुनुको साथै उपयुक्त नहुन सक्छ । हवाको वेग र दिशा परिवर्तन भै रहन्छ । त्यसको साटो धेरै वेगमा वगि रहेको पानीको धारलाई उपयोगमा ल्याउन सकिन्छ । हाम्रो देशमा वेगमा वगि रहने नदीहरु प्रसस्त छन् । पानीलाई चाहे अनुसार ठाँउमा वग्ने गरी मिलाउन गाह्रो हुँदैन । यसवारे अनुन्धान गरी आवश्यक प्रविधि विकास गरेमा देश भरीको नदीहरुको लाखौँ ठाँउहरुमा टर्वाईनहरु जडान गरी विद्युत गर्न सकिनेछ ।
email: dev.dangol@yahoo.co.uk
blog: devbahadurdongol.blogspot.com
देव बहादुर डंगोल, पिएच. डी. टेकु, शहिद शुक्र गल्ली, घर नं २४, काठमाडौं, वडा नं . १२
टे. ४ २५ ३० ४५ मो. ९८४१ ६४७ ३९३