जलवायु परिवर्तनको कारण र समाधान
(गलत ठहर गर्ने पहिलोलाई रु. पच्चिस हजार ईनाम)
डा. देव बहादुर डंगोल
हाल सम्म कसैले पनि जलवायु परिवर्तन हुनाको कारण प्रस्तुत वा व्याख्या गरेको छैन । तर मान्न चाहिँ मानेका छन् कि मानिस कै कारणले वा गल्तिले यसो भएको हो । दोष भने ग्यासलाई दिँदै आएका छन् । यहाँ जलवायु परिवर्तन हुनाको कारण र निवारण वारे वैग्यानिक विश्लेषण प्रस्तुत गरिएको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वा यस्को असरवाट वच्ने उपायहरु तत्कालको लागि आवश्यक छन् तर निवारण चाहिँ होइन । औषधि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै असल मानिन्छ । त्यसैले जलवायु परिवर्तनलाई रोक्नु नै वेश हुने छ । यसलाई पुरानो अवस्थामा नै पु-याउन सकिन्छ ।
सर्वमान्य पाँच वटा आधारभूत वैग्यानिक सिध्दान्तहरुको आधारमा ग्यासको कारणले जलवायु परिवर्तन हुनै सक्तैन । जलवायु परिवर्तन भन्नाले तापक्रम वृध्दि र वर्षाद दुई कुरालाई बुझ्ने गर्दछौँ । वैग्यानिक हिसावले ती दुवै पछ्यको कुनै पनि ग्यास सँग केहि पनि सम्बन्ध नै छैन । ग्यासले तापक्रम वृध्दि हैन बरु ताप प्रसारणको सिध्दान्त र ताप प्रसारणको सँवाहन तरिकाले पृथ्विलाई चिसो पार्ने वा सेलाऊने काम गरी रहेको छ । ग्यासले गर्दा तापक्रम वृध्दि भएको भन्नु एकदमै अवैग्यानिक फजुल कुरा हो । र, नियमित वर्षाद भनेको पृथ्विको सतहवाट पानी वाष्पीकरण भएर मात्र हुन्छ, अरु कुनै पनी कारण सँग यो प्रक्रियाको केही पनी सम्वन्ध नै छैन । समुद्र वा ताल वा नदीवाट पानी वाष्पीकरण भएकोवाट नियमित वर्षाद हुनै सक्दैन, त्यसो हुने भए अहिले तापक्रम वृध्दि भएको र समुद्र फैलिएको वेला झन् वढी वर्षाद हुने थियो ।
१. ताप प्रसारणको सिद्धान्त: ताप जहिले पनि वढीवाट कम तापक्रम भएको ठाउँ तिर मात्र सर्छ । त्यस्को उल्टो कमवाट वढी तापक्रम तिर ताप कहिल्यै प्रारण हुँदैन । वायु मण्डलको माथि चिसो ठाउँमा पुगेको ताप तल गरम ठाउँ पृथ्वि तिर कदापि आउँदैन ।
२ ताप प्रसारणका तरिकाहरु: ताप प्रसारणका तीनवटा विधिहरु
विकिरण: यस विधिद्वारा सवै दिसा तिर ताप आफै जान्छ । कुनै पनि माध्यमको आवश्य पर्दैन । ताप प्रसारण भै रहेको बेला बाटोमा भएको वस्तुहरुले ताप ग्रहण गर्छन्, वर्षादमा पानीका थोपाहरु टाऊकोमा परे जस्तो । यसै विधिद्वारा नै हामीले सूर्यवाट ताप प्राप्त गर्द छौँ ।
सन्चालन: यो विधिद्वारा ताप प्रसारण सुचालक ठोस वस्तुमा मात्र हुन्छ । पाएको तापलाई सँगैका अणुहरुलाई दिँदै एक पछि अर्को अणुहरु तताउँदै ताप सर्दै जान्छ । हामी लाममा उभिएर एकले अर्कोलाई दिँदै सामान ओसारे जस्तै कुनै धातुलाई एक छेउमा तताउँदा अर्को छेउ पनि विस्तारै तातेर आउँछ ।
सम्बाहन: यो तरिकाले ताप प्रसारण द्रब्य पदार्थ (झोल वा ग्यास)मा मात्र हुन्छ । ती वस्तुहरुमा अणहरु स्वतन्त्र रुपमा चल्न सक्छन् । ताप पाए पछि तिनीहरुका अणुहरु माथि तिर जान्छन् र माथि चिसो ठाउँमा पुगे पछि ताप प्रसारण गर्छ र चिसो अणुहरु तल तिर झर्छन् । यो तरिका एक ठाउँवाट अर्को ठाउँमा ओसारेर सामान राख्दै गरे जस्तै हो । हाम्रो वायु मण्डलमा पनि यस्तै तरिकाले ताप प्रसारण निरन्तर भै रहेको छ त्यसैले दिन भरि तातेको पृथ्वि रातमा सेलाउँछ र विहानि पख चिसो हुन्छ । यहि तरिकाले पृथ्विलाई पुग्ने गरी वर्षादले चिस्याउने काम गर्न सक्छ ।
वर्षाद हुना साथ चिसो भै हाल्ने हामी सवैलाई थाहा भएकै कुरा हो। नियमित रुपमा वर्षाद हुन नसकेकोले पृथ्विमा तापक्रम वढी रहेको छ।
३. ग्यासवाट हरियो घर (हरित गृह) बन्दैन: हरियो घर बनाउन ग्यासवाट हुने भए सवैले ग्यास कै घर वनाउँथे । यस्तो घर वनाउन ठोस पारदर्शि वस्तु (प्लाष्टिक वा शिशा)को आवश्यक पर्दछ । त्यस्ता वस्तुले छोपेर वनाएको घरलाई ‘हरियो घर’ भनिन्छ । जाडोमा वचाउन गाह्रो हुने विरुवालाई राख्नको लागि वनाईएकोले हरियो घर भनिएको हो । घाम भित्र छिर्छ तर हवा भित्र वाहिर गर्न नपाउने भएकोले भित्र न्यानो हुन्छ । न्यानो पार्न हामीहरु पनि झ्याल ढोका वन्द गरेर वस्छौँ । ग्यासवाट कुनै पनि प्रकारको घर वनाउन नसकिने भएकोले ग्यासले वनाएको घरको कारणले ‘हरितगृह प्रभाव’ भएर गर्मि वढेको हो भन्नु विल्कुलै अवैग्यानिक फजुल कुरा हो । कुनै पनि ग्यासलाई हरित गृह ग्यास भन्नै मिल्दैन । त्यस्ता ग्यास हुनै सक्दैन । अत: जलवायु परिवर्तनको दोष ग्यासलाई दिन मिल्दैन ।
४. हाम्रो मौसमी वायु मण्डलको वनावट: हाम्रो मौसमी वायु मण्डल ग्यासहरुको समान मिष्रण हो । तल माथि, दायाँ वायाँ, चारै तिर हमेशा चलिरहने भएकोले हामीले सास फेर्ने वायु मण्डलमा ग्यासहरु तह तह भएर वस्नै पाउँदैन । तह तह भएर बसेको भए हामी बस्ने पृथ्विको सतह माथि नै सवै भन्दा गह्रुँगो ग्यास कारबोन डाईअक्साईड हुने थियो र हामी जिवित हुने थिएनौँ । बाँच्नलाई अक्सिजन भएको हवा चाहिन्छ । यस कारणले पनि वायु मण्डलमा भएको ग्यासले हरित गृह प्रभाव हुनै सक्दैन, असम्भव ।
५. हाम्रो मौसमी वायु मण्डलको तापक्रम: जति जति यस वायु मण्डलको माथि जान्छौँ त्यति त्यति चिसो हुन्छ । ताप प्रसारणको सिद्धान्त अनुसार चिसो ठाऊँमा पुगेको ताप फेरि तल तातो गर्मी पृथ्वि तिर कहिल्यै फर्केर आउँदैन । अत: यस कारणले पनि वायु मण्डलमा भएको ग्यासले हरित गृह प्रभाव हुनै सक्दैन, असम्भव ।
६. जलवायु परिवर्तनको कारण: हामी सबैलाई थाहा भएकै कुरा हो बर्षाद भएमा ठण्डा हुन्छ । हिमालमा हिउँ थपिन्छ । वन जँगल सप्रिन्छ । सिँचाईँ राम्रो हुन्छ । खानको लागि पानी प्रसस्त हुन्छ । जमिन भित्र पानी पस्छ \ भरिन्छ । यसरि सवै ठाऊँमा नियमित रुपमा पानी पुगिरहे पछि समुद्रमा जम्मा भै रहेको पानी पनि विस्तारै घटेर जाने छ । वर्षाद नियमित भएमा जलवायु परिवर्तनले निम्त्याएका सबै समस्याहरु समाधान हुने छ । अत: वर्षाद चक्र नै जलवायु बा मौसम नियन्त्रण गर्ने मुख्य कारक हो भन्न सकिन्छ ।
७. वर्षाद चक्र: वर्षाद चक्र पृथ्विको सतहवाट हुने वाष्पिकारण सँग मात्र सम्वन्धि छ । समुद्र, ताल वा नदीवाट वाष्पिकारण भएर नियमित वर्षा हुँदैन (वर्षाद मौसममा वढी पानी पार्न सहायक भने हुन्छ) सो हुने भए अहिले तापक्रम वढेको र समुद्र फैलिएको वेला झन् धेरै नियमित वर्षाद हुनु पर्ने थियो । त्यसैले वर्षाद चक्र गड वड हुनाको कारण पृथ्विको सतहवाट वाष्पिकारण हुने प्रक्रियामा गड वड भएकोले नै हो भन्न सकिन्छ । वाष्पिकारण हुन अति नै धेरै तापको आवश्यक पर्छ । समुद्र त्यति तातो हुनै पाउँदैन ।
मानिसले घर, सडक ईत्यादी बनाएर; ढुँगा ईँटा विछ्याएर; वन जँगल फडानि गरेर; र मरुभूमि फैलाएर वर्षाद चक्रलाई नभै नहुने वाष्पिकारण अत्यधिक मात्रामा घटाए वा रोकि दिए । सँसार भरी करौँडौँ बस्तीवाट वाष्पिकारण प्रशस्त रोकिए पछि वर्षाद चक्र पनि वर्ष भरि फैलिएर नियमित हुन सकेन । अनौठो भएन ।
अत: वर्षाद चक्रको गलत ब्याख्याले गर्दा जलवायु परिवर्तनको समस्या भोग्नु परेको छ ।
जलवायु परिवर्तनको समाधान: जलवायु परिवर्तनको समस्या समाधान गर्न वर्षाद चक्रलाई वर्ष भरी फैलाएर नियमित वर्षाद गराउनु वाहेक अरु उपाय छैन । वर्षाद नियमित पार्न पृथ्विको सवै सतह जति सक्यो त्यति भिजाएर राख्नै पर्छ, सुख्खा ठाउँ हुनुनै भएन । सो गरेमा वर्षाद चक्र स्वत: नियमित हुने छ । यो कार्य गर्न अहिले मानिसको लागि धेरै सजिलो काम मान्नु पर्छ । चाहेमा केहि महिना भित्र नै पूरा गर्न सकिन्छ ।
शनिवार, 14 मई 2011
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें